काठमाडौँ । सरकारले ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागु गरेको छ । शुक्रबार काभ्रेको पनौती स्थित सुरक्षण मुद्रण केन्द्र निरीक्षण गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले आजदेखि यो व्यवस्था लागु भएको जानकारी दिएका हुन् । मन्त्री तिमिल्सिनाले लामो समयसम्म लाइसेन्स नपाउने समस्या अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै बाँकी सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको बताए । “अब सम्भव काम रोकिने छैन, सेवाग्राहीले छिटो सेवा पाउनेछन् । लामो समयदेखि लाइसेन्स नपाउने समस्या अब अन्त्य भएको छ,” उनले भने ।
Download
| Title | Download Count | View & Download |
|---|---|---|
| विद्यालय व्यवस्थापन समिति गठन सम्बन्धमा । | 27 | View Download |